अन्तर्राष्ट्रिय लायन्स क्लबको संयोजकमा तामाङ नियुक्ति


तामाङपेज
सोमबार लायन्स क्लब अफ सन्नीभेल एभरेष्टका निवर्तमान अध्यक्ष मंगल तामाङलाई लायन्स क्लब इन्टरनेश्नल (LCI) ले LCI Specialty Club को संयोजकमा नियुक्त गरेको छ। विगतमा गरिएको कार्य कुशलताको आधारमा २ भन्दा बढी जिमेवारी निर्वाह गरीसकेका व्यक्तिको सिफारिसलाई आधार मानेर लायन्स क्लबको केन्द्रीय कार्यालयले छनोट गरेका हुन ।अन्य मल्टिपल डिस्टृक र विभिन्न देशका समुदाय ,पेशासंग आवद्ध भएर सहयोगी व्यक्तिहरूलाई सामाजिक सेवामा आवाद्व गराउने काम गर्नुपर्ने हुन्छ ।

नेपाली मुलको तर्फबाट तामाङ नै पहिलो व्यक्ती चाहिँ होइन यो भन्दा अगाडी नै राजिन थापा र राज श्रेष्ठलाई नियुक्ती गरेका थिए । यस पटक भने मंगल तामाङ नै नियुक्ती गरिएको हो ।

गत जुलाई महिनामा मात्र तामाङ लायन्स क्लबको डिस्ट्रीक (District) 4C6 को लागि जोन चेयर पर्शनमा छनोट भइ Lions District 4C-6 ko क्याबिनेट पदमा पुग्ने पहिलो नेपाली भएको हो ।

तामाङले आफू लायन्स क्लब अफ सन्निभेल एभरेष्टको चार्टर मेम्बर हुँदै प्रथम उपाध्यक्षबाट आफ्नो लायन्स यात्रा सुरु गरेका थिए । त्यसपछि उनले अन्तराष्ट्रिय समेम्लन, मल्टिपल डिष्ट्रिक (MD4) क्यालिफोर्नियाको थुप्रै काम गरेका छन्। यस क्रममा उनले नेपाल चिनाउने र नेपालको पर्यटन प्रवर्धनमा योगदान दिएका थिए ।
नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ७ चतुरालेमा जन्मेका तामाङ क्यालिफोर्निया राज्यको सान होजे शहरमा बस्दै आएका छन् ।

प्रकाशित: समय: 21:41:13  367पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार