तामाङपेज संवाददाता ।
बेल्जियम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति सदस्य एवं प्रभावशाली नेता लीलामणि पोख्रेल र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं पुर्व मन्त्री शशि श्रेष्ठलाई शुक्रबार बेल्जियममा भब्य स्वागत गरेको छ।
युवा नेता जीत लामाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै बेल्जियममा विभिन्न संघसंस्था,नेकपाका सम्पर्क समितिले गर्ने विभिन्न औपचारिक,अनौपचारिक कार्यक्रममा भाग लिनका लागि नेकपा स्थायी समिति सदस्य पोख्रेल र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति श्रेष्ठ बेल्जियम आईपुग्नु भएको जनाएका छन् ।