सरसफाईबारे पोखरा महानगरपालिका जवाफदेहिता हुनु पर्ने सरसफाई अभियन्ताहरुको गुनासो


तामाङपेज संवाददाता ।

कास्की । तत्कालिन नेपाल सरकारका मुख्य सचिव लीलामणि पौंड्याल,मुख्य अभियन्ता बन्नु भएर नेपालको सरसफाई अभियानको औपचारिक शुरुवात वाग्मती सरसफाई महाअभियानबाट सरकारी तवरबाट शुरु भएको सरसफाई अभियानको दौंडानमा अभियानसँगै सरसफाई,सचेतना ,जागरणका विभिन्न कार्यक्रमहरु भइ रहेका छन्। देशैभर हप्तामा शनिबार या अन्य बारमा एक घण्टा या दुईघण्टा एक पटक ,पन्ध्र दिनमा एकपटक र महिनामा एकपटक गरि मुलुकभर करिब १ सय ५० वटाभन्दा बढी सरसफाई अभियान संचालन हुँदापनि प्राय जसो सरसफाई अभियानको गन्तब्य एकिन छैन ,आ-आफ्नै पाराले संचालन गरि रहेको देखिन्छ,भेटिन्छ पनि ,जेहोस सरसफाई अभियान चलिरहेको छ,सदा चलि रहनु पर्छ नैं ।

 

तर विडम्बनाको कुरा यहाँनेर हो ,कहिलेसम्म कस्ले संचालन गर्छ ,संचालन गर्दा सरसफाईका लागि चाहिने आवस्यक सामग्री कुचो,पन्जा,हसियाँ,डोको,साबेल,प्लाष्टिक बुट जुत्ता,मेडिकल सामग्री,माक्स लगायतका सामग्री कस्ले प्रदान गर्छ सो बारे प्रष्ट देखिएको छैन । सरसफाई अभियान सडक,मठ मन्दीर ,रेलवे स्टेसन,नदी,नाला,सार्वजनिक सरकारी निकाय,गैरसरकारी निकाय लगायतमा संचालन भइ रहेको छ ,त्यो के राजधानीको वाग्मती,विष्णुमती,चक्रपथ,गोदावरी,के पोखरा,नारायणगढ,जनकपुर रेल्वे स्टेसन लगायत विभिन्न स्थानमा सरसफाइ अभियान विस्तार भइ रहेका छन् ।

 

यसै सेरोफेरोमा कास्की जिल्लाको विभिन्न स्थानहरुमा पनि साप्ताहिक र मासिक गरेर करिब एक दर्जन भन्दा बढी सरसफाई अभियान संचालन भइ रहेको छ ।

आज श्रावण ३१ गते शुक्रबार दिनको १२:४५ बजे “आउ-मिलाऔं-हाम्रा-हातहरु” भन्ने मुलनाराकासाथ महेन्द्रपुल सरसफाई अभियानको २० औं हप्ताको अभियान महेन्द्रपुल पालिखेचोकबाट हुने कन्या क्याम्पसकी प्राध्यापक इन्द्रकमल मानन्धरले बताएकी छिन् भने यता पोखरा उपत्यका बृहत् सरसफाई अभियानको १६८ औं भाग भोलि श्रावण ३२ गते शनिबार बिहान ७ बजे पोखरा महानगरपालिका वडा नं.१३ कुँडहरबाट सरसफाई अभियान सचेतनासहित हुने कुरा पोखरा उपत्यका बृहत् सरसफाई अभियानका संयोजक राम पौंडेलले बताउनु भएको छ ।

 

पोखरामा पोखरा उपत्यका बृहत् सरसफाई अभियान ,महेन्द्रपुल बजार सफाई अभियान,खहरे आमा समुहको लेकसाईड सफाई अभियान,राईजिङ स्टार क्लब लेखनाथ सरसफाई अभियान,वेगनास सरसफाई अभियान साप्ताहिक रुपमा,प्रत्येक महिनाको ६ गते पोखरा महानगरपालिका वडा नं.६ ले र प्रत्येक महिनाको ११ गते पोखरा महानगरपालिका वडा नं.११ ले मासिक रुपमा सरसफाई अभियानहरु संचालन गरि रहेका छन् ।

सरसफाई अभियानमा पोखरामा आमा समूह,शिक्षक ,शिक्षिका,विद्यार्थी,अभियन्ताहरु,वित्तिय संस्था ,बैंकहरु,नेपाल प्रहरी ,सशस्त्र प्रहरी,नेपाली सेना लगायतको उत्साहजनक सहभागिता भएपनि युवाहरुको भने सहभागिता पातालिदै गएको सरसफाई अभियन्ताहरुको गुनासो छ ।

 

गोर्खाली रेडियो १०६ मेगाहर्जमा संचारकर्मी एवं रेडियोकर्मी खिमा गुरुङले शुक्रबार बिहान ७ बजे प्रसारण गर्नु भएको रेडियो कार्यक्रम “टि टक शो” मा रेडियो गोर्खालीका निवर्तमान अध्यक्ष एवं सरसफाई अभियन्ता शशी तुलाचन र धर्मस्थली आधारभुत विद्यालयका शिक्षक एवं अभियन्ता हरिश्चन्द्र अधिकारीले पोखरा उपत्यका सरसफाई अभियानका सवालमा सरोकारका बारेमा प्रष्ट गर्नु भएका छन् ।

 

सरसफाई अभियन्ता एवं रेडियो गोर्खालीका निवर्तमान अध्यक्ष शशी तुलाचनले रेडियो कार्यक्रममा कुरा गर्नुहुदै प्लाष्टिक जन्य सामग्रीको न्युनिकरण ,पुन प्रयोग गर्ने आम नागरिकको बानीमा विकास ,सार्वजनिक यातयात प्रयोग गर्नुपर्ने,कुहिने ,न कुहिने फोहोर घर-घरमा नै छुट्याउनु पर्ने जस्ता विषयहरुलाई महत्व दिनु पर्नेमा जोड दिनु भयो ।

अर्का सरसफाई अभियन्ता एवं श्री धर्मस्थली आधारभुत विद्यालयका शिक्षक हरिश्चन्द्र अधिकारीले नागरिक खबरदारी तथा सचेतनाका लागि सरसफाई अभियान अगाडि बढी रहेको,फोहोर मात्र टिप्ने मात्र अभियान नभई समाजमा बढिरहेको विकृति,विसंगतीको विरुद्ध पनि अभियान अगाडि बढी रहेको ,कक्षा ९ र १० का विद्यार्थीहरुलाई पनि सचेतना,जागरणको विद्यालयबाट सहभागिता गराउँदै आएको जनाएका छन् ।

सरसफाई अभियन्ताहरु शशी तुलाचन र हरिश्चन्द्र अधिकारीले पोखरामा संचालन भइ रहेको पोखरा महानगरपालिकाको सरसफाई ,स्वच्छ,सफा राख्न ,बनाउन पोखरा महानगरपालिका जवाफदेहीता र गम्भीर बन्नु पर्नेमा जोड दिनु भएको छ ।

पोखरामा सरसफाई अभियानहरु संचालन भएपछि सरसफाई सचेतना अघि बढेको ,सफाईमा वृद्धि भएको ,फोहोरको डंगुरहरु हटेको पनि अभियन्ताहरु तुलाचन र अधिकारीले रेडियो गोर्खालीमा शुक्रबार प्रसारित “टि टक शो” रेडियो कार्यक्रममा पोखरा उपत्यका बृहत् सफाई अभियान र नागरिक सरोकारका बारेमा प्रसारित कार्यक्रममा संचारकर्मी खिमा गुरुङले राख्नु भएको प्रश्नमा जनाएका थिए ।

देशैभर संचालन भएका सरसफाईको नेतृत्व,बहन गर्ने टीमवर्क,कहाँसम्म ,कहिलेसम्म ,के के गर्ने,नियमित अभियन्ताहरु को को हुन् ? सहयात्रा गर्ने निकाय,संघसंस्थाहरु,सहभागिताबारे स्पष्टता हुनुपर्ने,सरसफाई गर्दाखेरीको सामग्रीको व्यवस्थापन ,जनपरिचालन ,खबर कस्ले गर्ने,कहिले गर्ने यी बारे र सरसफाई गरिएको स्थलको अध्ययन ,अनुसन्धान ,अनुगमन ,फोहोर फाल्नेलाई सरोकारवाला निकायले दण्ड,जरिवाना गर्ने,फोहोर फाल्ने ब्यक्तिको पहिचान गर्ने,गराउने ब्यक्तिहरुलाई पुरस्कृत गरि नाम गोप्य राख्न सकेको खण्डमा अभियानले सार्थक बनाउन अवस्य नै सकिन्छ नत्र यसै भन्न सकिन्न ,अभियान अभियानमा निहित नहोस यसतर्फ सरोकारवालाहरुको ध्यान केन्द्रीत हुनुपर्ने देखिन्छ ।

 

 

प्रकाशित: समय: 9:56:04  501पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार