जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा सार्वजनिक सूचना जारी,होटल,पार्टी प्यालेसमा तीज पर्व मनाउन नपाईने


तामाङपेज संवाददाता ।

ललितपुर । हरितालिका तीज नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय,ललितपुरले बिहिबार तीज पर्वका सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनामा भाद्र शुक्ल द्धितियादेखि पन्चमीसम्म मनाईने हरितालिका तीज यस वर्ष आउँदो भाद्र १५,१६ र १७ गते पर्ने तीज पर्वमा अघिल्लो दिन दर खाने,तीजको दिन व्रत वसि भगवान शिवको आराधना नाँचगान र मनोरञ्जन गर्ने प्रचलन चलि आएका छन् ।

तीज मनाउने नाममा विभिन्न होटल/ पार्टी प्यालेसमा दर खाने,गरगहना र लुगा प्रदर्शन गर्ने जस्ता फजुल खर्च गर्ने साथै विभिन्न सांगीतिक कार्यक्रमका नाममा उतशृङ्खला प्रदर्शन गराउने जस्ता विकृत गतिविधिहरु गरि तीजको मौलिकता माथि नैं आँच आउने क्रियाकलापहरु गरेको पाईन्छ ।

अत: विभिन्न होटल/ पार्टी प्यालेस आदिमा दर खाने,गरगहना,लुगा प्रदर्शन गर्ने र उत शृङ्खला सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जस्ता विकृत क्रियाकलापहरु नगर्न ,नगराउन हुन सम्बन्धित सबैमा अनुरोध छ भन्ने सूचना जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक गरि सरोकारवालाहरुलाई अनुरोध समेत गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय,ललितपुरले जारी गरेको सार्वजनिक सूचना ।

प्रकाशित: समय: 22:19:49  827पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार