गोदावरीमा गाईजात्रा फुटबल प्रतियोगिता बिहिबारबाट सुरु


तामाङपेज संवाददाता ।

ललितपुर । नमुना खेलकुद क्लबको आयोजनामा प्रत्येक वर्ष गाईजात्रा पर्वको अवसरमा आयोजना हुँदै आएको “१६ औं दिनेश स्मृति कप गाईजात्रा फुटबल प्रतियोगिता”को एक भब्य समारोहकाबीच नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं.३ का सदस्य मधुसुदन पौंडेलले बल पास गरेर बिहिबार ,गोदावरी खेल मैदानमा उदघाटन गर्नु भएको छ ।

 

उदघाटन सत्रमा नमुना खेलकुद क्लबले नख्खु युथ क्लबलाई ४-२ गोलले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो चरणको खेलहरुमा ठेचो नवदीप क्लबले गोदावरी एफसीलाई १-० गोल ,खालीबारी फुटबल क्लबले नव सोच क्लब गोदावरीलाई ४-० गोलले पराजित गरि क्वाटर फाईनलको समिकरण पूरा गरेका छन् ।

बिहिबारको उदघाटन सत्रको खेलमा लाकुर फुटसल हरिसिद्धिले आरयुविसिलाई सडेनडेथमा १-० गोलले पराजित गरि अर्को चरणमा प्रवेश गरेको छ ।

शुक्रबार समापन हुने उक्त प्रतियोगितामा १२ टीमको सहभागिता रहेको नमुना खेलकुद क्लबका अध्यक्ष डम्बर तामाङले बताएका छन् ।

 

 

 

 

 

 

प्रकाशित: समय: 17:48:54  574पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार