दोरम्बा-७ की दुवै मृगौला पीडित उर्मिला तामाङलाई आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता ।

भक्तपुर । रामेछाप जिल्ला ,दोरम्बा गाउँपालिका वडा नं.७ की दुवै मृगौला पीडित उर्मिला तामाङको उपचारका निमित्त चलचित्र निर्देशक विनय दोङतामाङले भक्तपुरमा आर्थिक सहयोग बिहिबार प्रदान गर्नु भएको छ ।

निर्देशक दोङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं हाल:दोहा कतारमा कार्यरत युवा समाजसेवी सुग्रीब ङेसुर तामाङले पठाउनु भएको रु.५ हजार १ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको जनाएका छन् ।

मृगौला पीडित तामाङको आर्थिक अवस्था कमजोर रहेको ,संकलित आर्थिक सहयोग रकमबाट भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइ रहेको छ ।

प्रकाशित: समय: 15:42:38  578पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार