ब्रम्हाकुमारी राज योग सेवा केन्द्रद्वारा गोदावरीस्थित मोतिचौंरमा जनैपूणिर्माको अवसरमा “रक्षाबन्धन कार्यक्रम”


तामाङपेज संवाददाता ।

ललितपुर । ब्रम्हाकुमारी राजयोग केन्द्रले गोदावरी नगरपालिका वडा नं.३ मोतिचौंरमा  जनैपूणिर्माको दिन बिहिबार आयोजित “रक्षाबन्धन कार्यक्रम”मा केन्द्रका प्रतिनिधिहरुले दिनु भएको रक्षाबन्धन तथा प्रसाद प्रतिनिधि सभाका सांसद नवराज सिलवालले ग्रहण गर्नु भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ललितपुरका जिल्ला सदस्य राज घिमिरेले तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

ब्रम्हाकुमारी राजयोग केन्द्रले देशैभर जनैपूणिर्माको अवसरमा विभिन्न कार्यक्रमहरु गरेर एक अर्काबीच भाईचारा,मित्रता ,शान्ति र अहिंसाको कार्यक्रमहरु संचालन गरि रहेको कुरा केन्द्रका प्रतिनिधिले जनाउनु भएको छ।

 

प्रकाशित: समय: 15:15:41  742पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार