टौंखेलचोकबाट बडिखेलसम्मको मोटरबाटो ट्र्याक फराकिलो तथा ढलान,पिच कार्य शुरु


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी नगरपालिकाको विकास नीति तथा कार्यक्रम अन्तर्गत टौखेलचोकबाट बडिखेलसम्मको मोटरबाटो ट्र्याक फराकिलो तथा ढलान निर्माण कार्य बिहिबारदेखि शुरु भएका छन् ।

 

गोदावरी नगरपालिका वडा नं.४ बडिखेलका वडाअध्यक्ष मुकुन्द पहरीकानुसार गोदावरी नगरपालिका वडा नं ३ को टौखेल मुलसडक मोटरबाटोदेखि बडिखेलसम्म आसपासमा ट्र्याक फराकिलो तथा ढलान कार्य शुरु भएको ,मोटरबाटो अस्तव्यस्तका कारण पीडित भएका स्थानिय जनता मोटरबाटोको ट्र्याक फराकिलो तथा ढलान,पिच सम्पन्न भएपछि स्थानिय वासिन्दाहरुमा खुशिको माहोल छाएको छ ।

मोटरबाटोको ट्र्याक फराकिलो तथा ढलान ,पिच कार्य गोदावरी नगरपालिकाको विकास तथा नीति कार्यक्रम अन्तर्गत भएको हो ।

 

 

 

 

प्रकाशित: समय: 13:57:09  374पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार