पोखरामा उदघोषणकला तथा उद्धमशिल विकास तालिम सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । महिला उद्धमी संघ नेपाल कास्कीको आयोजना,हङकङ ब्युटी ईन्स्टिच्युट महेन्द्रपुल र गोर्खा एण्ड बराह ज्वेलर्स न्युरोडको सहयोगमा पोखरामहानगरपालिका वडा नं. १३ कमलपोखरीमा पाँछ दिने उदघोषणकला तथा उद्धमशिल विकास तालिम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवं प्रदेश सभा सांसद मिना गुरुङले तालिमले बोक्ने सिपको विकास गराई एक अर्काबीच सम्मानजनक शब्द ,शैलीको लय तथा क्षमताको विकास प्रशिक्षार्थीहरुमा प्रशिक्षणले थप मद्दत पुगेको बताउनु भयो । उक्त कार्यक्रममा बक्ताहरुको तर्फबाट वडा सदस्य कृष्णकुमारी गुरुङ,कमलपोखरी मार्ग टोल विकास संस्था अध्यक्ष सुवेदार ईन्द्रबहादुर गुरुङ,गोर्खाली रेडियोकी स्टेसन म्यानेजर तथा प्रशिक्षक खिमा गुरुङ लगायतले तालिमको औंचित्य,व्यक्तित्व विकासबारे प्रकाश पार्नु भएको थियो।

महिला उद्धमी संघ कास्कीकी उपाध्यक्ष पार्वती पौंडेल र प्रशिक्षार्थीको तर्फबाट सितल क्षेत्रीले तालिमको अवधिमा सिकेका सिपहरुले क्षमता विकास ,उदघोषणकला ,नेतृत्व विकासमा थप उर्जा थपेको जनाएका छन् । कार्यक्रममा स्वागत मन्तब्य महिला उद्धमी संघ नेपाल कास्की अध्यक्ष काशी गुरुङ,कार्यक्रमको संचालन संघकी सदस्य रजनी परियार र सभाअध्यक्षता कमलपोखरी मार्ग टोल विकास महिला समितिकी अध्यक्ष पुर्णकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

प्रकाशित: समय: 23:43:25  657पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार