फोनिज गण्डकी र कास्कीले २० औं स्थापना दिवस पोखरामा मनायो


तामाङपेज संवाददाता ।

कास्की। फोनिज गण्डकी प्रदेश समिति र फोनिज कास्कीको संयुक्त आयोजनामा सोमबार पोखरा महानगरपालिका महानगर प्रमुख मानबहादुर जिसिको प्रमुख आतिथ्यमा पोखरामा ” संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया ” कार्यक्रमको दीप प्रज्वलन तथा केक काटी एक भब्य समारोहकाबीच समुदघाटन गर्नु भएको छ ।

फोनिज गण्डकी प्रदेशकी सचिव एवं रेडियोकर्मी खिमा गुरुङले तामाङपेजसंग कुराकानी गर्नुहुँदै उक्त कार्यक्रममा फोनिज गण्डकी प्रदेशका ईन्चार्ज हुमबहादुर गुरुङ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली,फोनिजका संस्थापक उपाध्यक्ष बालकृष्ण काउछामगर,नेपाल पत्रकार महासंघ गण्डकी उपाध्यक्ष एवं अध्यक्ष तमु संचारकर्मी संघ कास्की अध्यक्ष शान्ति गुरुङ,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ,स्वतन्त्र पत्रकार महासंघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला,नेपाल आदिवासी जनजाति महासंघ कास्की अध्यक्ष धर्म तमु ,नेवा खल: कास्की अध्यक्ष अशोक पालिखे लगायतले जनजाति संचारकर्मीले भोग्नु पर्ने समस्या,राज्यबाट हुने विभेद,विज्ञापन लगायत विभिन्न सवालमा आ- आफ्नो मन्तब्य राख्नु भएको थियो ।

फोनिजको २० औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका महानगर प्रमुख जिसिले फोनिजका संस्थापक उपाध्यक्ष बालकृष्ण काउछामगर,हिमाली साँस्कृतिक परिवार अध्यक्ष मेनकाजी गुरुङ,नेपाल मगर संघ कास्की नवनिर्वाचित अध्यक्ष संगीता पुनमगर र तमु(गुरुङ)कलाकार संघ गण्डकी नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङलाई सम्मान गरेका थिए।

उक्त कार्यक्रमको संचालन फोनिज गण्डकी महासचिव रुद्र श्रीसमगर,स्वागत मन्तब्य दिल गुरुङ र फोनिज गण्डकीका अध्यक्ष एम.बी.आस्था मगरको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 12:49:18  519पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार