तामाङपेज संवाददाता ।
दक्षिण कोरिया । प्रवासी एकता आजको आवस्यकता ,सामाजिक सेवामा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराकासाथ दुर्गम भेगको शिक्षा ,स्वास्थ्य क्षेत्रमा सहयोगार्थ दोलखाली समाज,रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाजको संयुक्त आयोजनामा “मंगोलियन हर्ट लाईभ कन्सर्ट एण्ड सांगीतिक धमका-२०१९” आउँदो सेप्टेम्बर १२ तारिखका दिन दिनको ३ बजे दक्षिण कोरियाको सिओलमा भब्यताकासाथ हुने भएको छ ।
आयोजक संस्थाकानुसार उक्त कार्यक्रममा भ्वाईस अफ नेपालका जर्ज एवं ख्यातिप्राप्त कलाकारहरु लोक पप गायक राजु लामा,रक गायिका आस्था राउत,हर्ट मोडल तथा चर्चित डान्सर अन्जली अधिकारी,लोक तथा चर्चित दोहोरी गायक प्रकाश कटवाल,नेपाल आईडल सिजन-१ सेकेण्ड रनर अप तथा गायक प्रताप दाससहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिमा “मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमाका-२०१९” हुने भएकाले उक्त कार्यक्रममा सहभागी भइ दिनुहुन दक्षिण कोरियामा रहनु भएका समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई निमन्त्रणा समेत गरेका छन् ।
कार्यक्रममा सहभागी हुन चाहने ईच्छुक महानुभावहरुले दक्षिण कोरियाको २५ हजार वोन प्रती टिकट प्रदान गर्नुपर्ने आयोजकले जनाएको छ ।