आत्महत्या न्युनिकरण सम्बन्धि घुसेल झाँगलकोटमा मनोविमर्श कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । वाग्मती गाउँपालिका वडा नं.१ घुसेल झाँगलकोटमा रहेको नागरिक आवाज (सामुदायिक शान्ति केन्द्र ) घुसेलको आयोजनामा प्रगतिशिल महिला समुहका दिदिबहिनीहरुलाई सोमबार एकदिने आत्महत्या न्युनिकरण सम्बन्धि कार्यक्रम गरेको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं नागरिक आवाज संस्थाका शान्ति स्वयंसेवक केदार बज्यु तामाङले समाजमा बढदैं गैइरहेको आत्महत्या न्युनिकरण गर्न मनोविमर्श कार्यक्रम गरिएको जनाएका छन् ।

उक्त कार्यक्रममा शान्ति स्वयंसेवक सुकुमान जिम्बा तामाङले पनि प्रशिक्षण दिनु भएको थियो । प्रगतिशिल महिला समुहका पदाधिकारीहरु,दिदिबहिनीहरुको लगायतका महानुभावहरुको सहभागिता रहेका थिए।

प्रकाशित: समय: 22:39:38  931पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार