दिनेश स्मृति कप गाईजात्रा फुटबल प्रतियोगिता श्रावण ३० र ३१ गते गोदावरीमा हुने


तामाङपेज संवाददाता।

ललितपुर । दिनेश स्मृति कप गाईजात्रा फुटबल प्रतियोगिताको १६ औं संस्करण नमुना खेलकुद क्लबको आयोजनामा प्रत्येक वर्ष गाईजात्राको पावन अवसरमा आयोजना गर्दै आईरहेको प्रतियोगिता यो वर्ष यही श्रावण ३० र ३१ गते गोदावरी नगरपालिका वडा नं.३ गोदावरी वसपार्क नजिकै रहेको खेल मैदानमा हुने भएको छ ।

 

क्लबका अध्यक्ष डम्बर तामाङकानुसार सो प्रतियोगितामा गोदावरी क्षेत्रमा सक्रिय ६ वटा स्थानिय क्लबहरु र उपत्यका भित्रका विभिन्न ८ वटा क्लबहरु गरि १२ वटा टीमको सहभागिता रहने जनाएको छ ।

नमुना खेलकुद क्लबका अध्यक्ष तामाङले प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजारसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा गतवर्ष जस्तै यसपटक पनि पराजित भएका टोलिहरुबीच पेनाल्टी सुटआउट विजेतालाई नगद १० हजार प्रदान गरिने भएको छ ।

निरन्तर खेलकुदको क्षेत्रमा लागि परेका राष्ट्रिय खेलाडी एवं प्रशिक्षक चिन लामाले गोदावरी खेलकुद मैदानसँगैं प्रदेश सरकारबाट बहुउद्देश्यीय रंगशाला समेत निर्माण हुन लागेको जनाएका छन् ।

प्रकाशित: समय: 15:03:02  936पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार