धनकुटाका ललित लिम्बुको कतारमा मृत्यु,नेपालीहरु स्तब्ध ,विभिन्न संघसंस्थाहरुद्वारा शोक बक्तव्य जारी


तामाङपेज संवाददाता ।

कतार,दोहा । धनकुटा सेवा समाज कतारका पुर्व अध्यक्ष,वर्तमान प्रमुख सल्लाहकार एवं धनकुटा जिल्ला सागुरीगढी-३ स्थायी घर भइ विगत १३ वर्ष देखि कतारमा वैदेशिक रोजगारको सिलसिलामा कार्यरत ललित लिम्बुको निधनको खबरले कतारमा रहेका नेपाली र धनकुटाका आफन्तजन ,इष्टमित्रहरु स्तब्ध भएका छन् ।

बकरइदको बिदाका कारण आफुसंगै कम्पनीमा कार्यरत १३ जना साथिहरु मिलेर दिनको २:३० बजे आईतबार अलकोर समुन्द्री किनारमा पौंडी खेल्न जाँदा समुन्द्रको छालले लिम्बुसहित तीन जनालाई बगाएर लगेकोमा दुई जना पौडेर निस्कन सफल भएको र लिम्बुभने निस्किन नसकेपछि साथिहरुले सुरक्षा फौंजलाई खबर गरि बोलाईएकोमा सुरक्षा फौंजले ४:४० बजे समुन्द्री किनारभन्दा ४० मिटर पर शरीर भेट्टाइएको र तत्काल अस्पताल भर्न गर्दा अस्पतालले मृत घोषणा गरेको कतारस्थित नेपाली दुतावास श्रोतले जनाएको छ ।

युवा नेतृत्व ललित लिम्बुको असमायिक भएको दुखद निधनप्रति धनकुटा सेवा समाज कतारका महासचिव रविन मगर ,संघीय लिम्बुवान सामाजिक मञ्च कतारका अध्यक्ष रेखा राई ,कतारमा रहेका विभिन्न संघसंस्थाहरुले शोक बक्तव्य जारी गरी समबेदना पत्र,सामाजिक संजालमार्फत ब्यक्त गरेका छन् ।

लिम्बुको असमायिक भएको दुखद निधनले कतारमा रहेका नेपाली ,धनकुटामा रहेका इष्टमित्र,आफन्तजन शोकमा डुब्दै स्तब्ध भएको छ ।

स्वर्गीय ललित लिम्बुको लासलाई नेपाल पठाउने तयारी भइ रहेको धनकुटा सेवा समाज कतारले जनाएको छ ।

 

 

प्रकाशित: समय: 14:31:08  1009पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार