मानव सेवा आश्रमले आउँदो श्रावण ३२ गते विचार गोष्ठी गर्दैं


तामाङपेज संवाददाता ।

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रभावशाली नेतृ एवं ललितपुर जिल्ला क्षेत्र नं.३ का प्रतिनिधि सभा सांसद पम्फा भुषालको प्रमुख आतिथ्यमा मानव सेवा आश्रमले आउँदो श्रावण ३२ गते शनिबार अपरान्ह दिनको ३ बजे सानो हात्तिवनमा विचार गोष्ठी कार्यक्रम गर्ने भएको छ ।

मानव सेवा आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौंडेलले सांसदहरु मानवसेवामा ” मानवता प्रवर्द्धनात्मक हेतुले सम्पन्न गतिविधि उपर चिन्तन ” विषयक विचार गोष्ठी गर्ने भएकाले उक्त गोष्ठीमा उपस्थितको लागि दाजुभाई तथा दिदिबहिनीहरु सबैमा निमन्त्रणा गरेका छन् ।

 

प्रकाशित: समय: 12:34:34  440पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार