तामाङ सोसाईटी अफ न्यूयोर्कको”वनभोज कार्यक्रम” सम्पन्न


अमेरिका । तामाङ सोसाईटी अफ न्युयोर्कले आईतबार अमेरिकाको हेम्पस्टेड लेक स्टेट पार्कमा प्रत्येक वर्ष गृष्म ॠतुको बेलामा आयोजना गरिने वनभोज कार्यक्रम(समर पिकनिक) यो पल्ट पनि भब्य रुपमा संचालन भएको छ ।

तामाङ सोसाईटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योन्जनकानुसार समर पिकनिक वनभोज कार्यक्रममा संस्थाका सल्लाहकारहरु,प्रतिनिधिहरु,स्वयंसेवक भाईबहिनिहरु,विभिन्न संघ संस्थाका प्रतिनिहरु,संस्थालाई सहयोग गर्नुहुने सहयोगी दाताहरु,बालबालिकाहरुको व्यापक सहभागिता रहेको थियो । अध्यक्ष योन्जनले वनभोज कार्यक्रममा संस्थाको गतिविधिबारे जानकारी,खेलकुद प्रतियोगिता ,मनोरञ्जनात्मक कार्यक्रम,सहयोगीहरुलाई सम्मान जस्ता कार्यक्रम गरेर वनभोज कार्यक्रम मनाईएको जनाएकी छिन् ।

गृष्मकालिन ॠतुमा प्रत्येक वर्ष वार्षिक रुपमा तामाङ सोसाईटी अफ न्युयोर्कले मनाउदै आएको समर पिकनिकमा यो पल्ट नेपालबाट आउनु भएका भाषाविद अमृत योन्जन तामाङलाई तामाङ भाषाको संरक्षण ,सम्बर्द्धन गर्न विशेष योगदान गरेबापत र नेपाली चलचित्रका निर्देशक ,कलाकार तथा लेखक नवीन सुब्बालाई चलचित्र क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै संस्थाले खादा लगाएर सम्मान गरेको,उक्त वनभोज कार्यक्रममा विशिष्ट न्युयोर्कमा रहनु भएका तामाङ ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको वरिष्ठ व्यटिसियन निमा गोले तामाङले तामाङपेजसँगको कुराकानीमा जानकारी दिनु भएको छ ।

उक्त वनभोज कार्यक्रम बिहान १० देखि साँझ ५ बजेसम्म संचालन भएको थियो ।

 

 

 

 

 

प्रकाशित: समय: 8:25:10  626पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार