पर्यटन मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गर्न सबैमा आग्रह


तामाङपेज संवाददाता ।

काठमाडौं । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आईतबार नेपाल सरकार,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत हार्दिक अनुरोध पत्र निम्न सवाल तथा विषयहरु उल्लेख गरि जारी गरेका छन् ।

नेपाल भ्रमण वर्ष,२०२० लाई लक्षित गरेर जारी गरेको अनुरोध पत्रमा मुलुकमा रोजगारी सृजना ,गरिब निवारण तथा समावेशी विकास समेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपुर्ण आयाम हो । उल्लिखित पक्षलाई हृदयंगम गरि नेपाल सरकारले कम्तीमा वार्षिक २० लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष,२०२० अभियान संचालन गरीरहेको छ ।

नेपाल भ्रमण वर्ष,२०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गरि अनुपम प्राकृतिक सौन्दर्य,सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तब्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नका लागि विश्वको हरेक कुना,तह र तप्कामा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबाट उल्लेखनीय सहयोगको मैले अपेक्षा गरेको छु ।

स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाई,दिदी बहिनीहरुले नेपाल भ्रमण वर्ष,२०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नका लागि आफुले प्रयोग गर्ने (निजी तथा आफ्ना संघ संस्थाहरुको समेत)सामाजिक सन्जाल (Website,Facebook,Twitter,Instagram)लगायतमा यस अभियानको लोगो राखी दिनुहुन तथा सार्वजनिक एवं निजी क्षेत्रका संगठित संस्थाहरुले पनि यस कार्यलाई उत्साहका साथ साथ दिनहुन हार्दिक अनुरोध गर्दछु । साथै,नेपाल भ्रमण वर्ष,२०२० यस अभियानलाई सफल बनाउन सबैको थप सहयोग,समन्वय र सहकार्यको नेपाल सरकार सदैव अपेक्षा गर्दछ भनेर अनुरोध पत्रमा उल्लेख गरेका छन् ।

प्रकाशित: समय: 23:30:07  550पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार