तामाङपेज संवाददाता ।
कतार । धनकुटा जिल्ला,सागुरीगढी- ३ स्थायी घर भइ हाल कतारमा कार्यरत ललित लिम्बुको आईतबार पौंडी खेल्ने क्रममा मृत्यु भएको छ ।
कम्पनीमा कार्यरत १३ जना साथीहरुको समुह मिलेर अलखोर समुन्द्री किनारामा पौंडी खेल्न जाने क्रममा कतारका सुरक्षा फौंजले समुन्द्री किनारामा ललित लिम्बुको लास भेटिएको कतारस्थित नेपाली दुतावासले पुष्टि गरेका छन् ।
विगत लामो समयदेखि कतारमा कार्यरत लिम्बु ,धनकुटा प्रवासी सेवा समाज कतारको निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकारको रुपमा कार्यरत रहि समाजसेवामा लागि परेका थिए ।