मातृ भाषालाई मिडियामा स्थान दिनुपर्छ: सन्तमान तामाङ सभापति जिल्ला समन्वय समिति ,नुवाकोट


करण तामाङ ,तामाङपेज संवाददाता ।

नुवाकोट । फाेनिज नुवाकोटले २० औं स्थापना दिवस पत्रकार महासंघकाे सभा हल विदुरमा साेमबार अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । फाेनिज नुवाकोटकाे अायाेजनामा मनाएको दिवसमा प्रमुख अतिथि जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङ रहनु भएको थियोे ।

जिल्ला समन्वय समिति नुवाकोटका सभापति एवं प्रमुख अतिथि तामाङले नेपालमा अा-अाफ्नाे मातृ भाषाहरु रहेका छन् तर पछिल्लो समयमा अाफ्नाे समुदायको वास्तविक भाषा लाेप हुँदै गईरहेकाले यसलाई संरक्षण गर्नकाे लागि मिडियाले मातृभाषाहरुलाई स्थान दिए भने मात्र नेपालका जतिपनि समुदायको भाषाहरु छन् त्याे संरक्षण हुन सक्ने कुरा बताउनु भएको छ ।

मन्तव्य कैं क्रममा जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङले कतिपय समुदायमा नेपाली र अंग्रेजी भाषा बाहेक अाफ्नाे समुदायको वास्तविक भाषा नैं थाहा नभएको र बाेल्न नजान्ने भएको कारण पछिल्लो पुस्तासम्म आईपुग्दा अाफ्नाे भाषा बचाई राख्न पत्रकार मित्रहरुले मिडियामा त्यही अनुसारको स्थान दिन जरुरी रहेको कुरा नुवाकोट फोनिजले आयोजना गरेको कार्यक्रममा बताउनु भएको हो ।

प्रकाशित: समय: 14:10:48  460पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार