तामाङपेज संवाददाता ।
काठमाडौं । संघीयताको मुल मर्म र समानुपातिक समाबेशी सिद्धान्त विपरित प्रकाशित लोकसेवा आयोगको विज्ञापन विरुद्ध आरक्षण बचाऔं आन्दोलनको पुर्वघोषित कार्यक्रमनुसार आईतबार भद्रकालीमा शान्तिपुर्ण धर्नामा बसिरहेका आन्दोलनकारीहरुलाई प्रहरीले गिरफ्तारी गरेको छ ।
आन्दोलनमा सहभागी नेपाल तामाङ घेदुङ सुनापति गाउँपालिका रामेछापका अध्यक्ष उत्तमलाल तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै आरक्षण बचाऔं आन्दोलनको क्रममा १९ जनालाई पक्राउ गरेको जनाएका छन् ।
पक्राउ पर्नेमा गोविन्द छन्त्याल कार्यवहाक अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ,भक्त विश्वकर्मा अध्यक्ष दलित गैर सरकारी संस्था महासंघ, कुमार लिङदेन अध्यक्ष संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च,खगेन्द्र माखिम अध्यक्ष लिम्बुवान राष्ट्रिय समिति ,समाजवादी पार्टी,दलमर्दन कामी केन्द्रीय सदस्य समाजवादी पार्टी,सुखबिर थामी कार्यबाहक महासचिव नेपाल आदिवासी जनजाति महासंघ,सहेक विश्वकर्मा सचिवालय सदस्य आरक्षण बचाऔं आन्दोलन,हेमन्त राई महासचिव नेपाल आदिवासी जनजाति युवा महासंघ,काशिन्द्र यादव सदस्य मधेश समन्वय समिति,राकेश राई उपाध्यक्ष किराँत राई यायोक्खा,सिएन थारु संयोजक तराई- मधेश राष्ट्रिय परिषद् ,कल्पना सुनार दलित अधिकारकर्मी,उस्पार सुनार अध्यक्ष नेपाल दलित संघ काभ्रे,थाङसाङ लावती महासचिव संघीय लिम्बुवान,वाङजु तामाङ कवि,जयनकुमार मोक्तान महासचिव तामाङ चलचित्र संघ,रमेश थापामगर सचिव नेपाल मगर संघ कैलाली,लक्ष्मी थापा ,सदस्य काठमाडौं महानगर समिति र महेश अधिकारी प्रतिनिधि समाजवादी युवा संघ काठमाडौंलाई पक्राउ गरि पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।
आरक्षण बचाऔं आन्दोलन ,नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा चरणवद्ध रुपमा संचालन हुँदै आएको आन्दोलनको क्रममा प्रहरीको दमनको अधिकारकर्मीहरुले विरोध गर्दै आएका छन् । पक्राउ परेका १९ जना आरक्षण बचाऔं आन्दोलनको क्रममा आईतबार साँझ नै ५ घण्टा नियन्त्रणमा लिएर छाडेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एस एस पि श्याम ज्ञवालीले तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।
तस्बिर :
स्वतन्त्र पत्रकारिता नेपालबाट ।