तामाङपेज संवाददाता ।
कास्की । वालाकोट होश्राङदी सम्पर्क तमु समाज पोखराको नवौं साधारण सभा गोर्खाली रेडियो पोखराका स्टेसन म्यानेजर तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गण्डकी प्रदेशका सचिव खिमा गुरुङको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ ।
फोनिज गण्डकी प्रदेशका सचिव,गोर्खाली रेडियो पोखराका स्टेसन म्यानेजर एवं प्रमुख अतिथि गुरुङले शुभकामना मन्तब्य ब्यक्त गर्नुहुँदैं समाजका प्रतिनिधिहरुलाई उदघोषण तथा नेतृत्व विकास सम्बन्धि क्षमता वृद्धि गर्ने खालका कार्यक्रम गर्न सक्दो सहयोग गर्नुहुने बताउनु हुँदै समाजका सदस्यहरुका प्लस टु कक्षा उतिर्ण छात्र,छात्राहरु क्रमश: शिशिर गुरुङ,कुमार गुरुङ,विक्रम गुरुङ र सुक्मित गुरुङलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
सभामा समाजका संस्थापक अध्यक्ष एवं विशेष अतिथि मोहन गुरुङ,पुर्व अध्यक्ष दिलिप गुरुङ,सल्लाहकार गुप्ताबहादुर गुरुङ,पुर्व सचिव सविना गुरुङले शुभकामना मन्तब्य राखेका थिए ।
वालाकोट होश्राङदी सम्पर्क तमु समाज पोखराका सचिव मिना गुरुङले वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष भिम गुरुङले आर्थिक प्रतिवेदन सभामा राख्नु भएको प्रतिवेदन साधारण सभाले पारित गरेको थियो ।
सभामा स्वागत मन्तब्य समाजका सहकोषाध्यक्ष नुनु गुरुङले राख्नु भएको सभा समाजका अध्यक्ष गौंशरी गुरुङको सभाअध्यक्षतामा सम्पन्न भएको आयोजक संस्थाले जनाएका छन् ।