तामाङ बौंद्ध महासंघ साईप्रसको प्रथम त्रैमासिक बैठक सम्पन्न


तामाङपेज संवाददाता ।

साईप्रस । तामाङ बौंद्ध महासंघ साईप्रसको प्रथम त्रैमासिक बैठक महासंघका अध्यक्ष छिरिङ घलेको अध्यक्षतामा साईप्रसमा भगवान बुुुुद्धको तस्बिरमा पुजापाठ गरि बैठक बसेको छ ।

तामाङ बौंद्ध महासंघ साईप्रसकी उपाध्यक्ष मेन्दा तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै त्रैमासिक पहिलो बैठकमा मासिक लेबी संकलन ,आपतविपतमा परेका केही स्थानमा सहयोग गर्ने,विभिन्न सवालमा केही कार्य गर्ने आन्तरिक निर्णय गरेको जनाएकी छिन् ।

तामाङ बौंद्ध महासंघ साईप्रसको उक्त बैठकमा अध्यक्ष छिरिङ घले,उपाअध्यक्ष माया थिङ तामाङ ,महासचिव अबिज लामा ,पदाधिकारीहरु र सदस्यहरुको व्यापक सहभागिता रहेको थियो।
बैठक पश्चात् तामाङ बौद्ध महासंघ साईप्रसको लोगो अंकित टि सर्ट वितरण तथा सामुहिक भोजन गरेको समेत जनाएको छ ।

 

 

 

 

प्रकाशित: समय: 1:45:10  1055पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार