नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघ ललितपुरको पाँचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा गोकुल देशारलगायत पदाधिकारीहरु निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

ललितपुर । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ ललितपुरको ९ औं वार्षिक साधारण सभा तथा पाँचौं जिल्ला अधिवेशन ललितपुरको सिद्धिपुर पार्टी प्यालेसमा शुक्रबार नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिला जिसिको प्रमुख आतिथ्य र संघका ललितपुर जिल्ला अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।

अधिवेशन तथा साधारण सभामा एस.इ.इ.विद्यार्थीहरुलाई सम्मान ,प्रमुख अतिथि,अतिथिगणहरुलाई मायाको चिनो नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ ललितपुरको तर्फबाट प्रदान गरिएको थियो।

कलात्मक शैलीले कार्यक्रम संचालिका रोजि शाक्यले संचालन गरेकी थिईन। संघमा नयाँ सदस्यता लिनु हुने हेरिटेज गार्डेन सानेपा,सिद्धिपुर थसी रेण्टल सर्भिस सानोगाउँ,क्लासिक भेन्यु सानेपा,वेलकम पार्टी प्यालेस चापागाउँ,म्याक्सिम (जलन जलन रेष्टुरेन्ट ) सानेपा,मुस्कान क्याटरिङ एण्ड रेण्टल सर्भिस चापागाउँ,नेवा भ्वेय:छे एण्ड प्यालेस र आँगन पार्टी भेन्यु एण्ड रेष्टुरेण्ट इमाडोल ललितपुरलाई प्रमुख अतिथि एवं केन्द्रीय अध्यक्ष जिसिले एक भब्य समारोहकाबीच प्रमाण पत्र प्रदान गर्नु भएको थियो।

सिद्धिपुर पार्टी प्यालेस सानोगाउँमा आयोजित संघको नौं साधारण सभा तथा पाँचौं जिल्ला अधिवेशनका निर्वाचन मण्डलका संयोजक राजु महर्जनकानुसार ललितपुर चापागाउँका व्यवसायी गोकुल देशारको अध्यक्षतामा उपाध्यक्ष राजु महर्जन,सचिव बच्चुराम ढुंगाना,कोषाअध्यक्ष हेमकिशोर राई,सदस्यहरु बाबुराजा महर्जन,प्रदीप दुलाल,नरेन्द्र महर्जन,रोशन घिमिरे र ईश्वर खड्का निर्विरोध नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ ललितपुरमा निर्वाचित भएका छन् ।

 

प्रकाशित: समय: 0:59:11  1297पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार