सञ्चार मन्त्री बास्कोटाद्वारा कौंशलटार हनुमन्ते पुलदेखि बालकोटचोकसम्म वृक्षारोपण कार्यक्रमको शुभारम्भ


तामाङपेज संवाददाता ।

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.२ कौंशलटारकी आयोजनामा “सफा,हरियाली नगर-हामी सबैंको रहर” भन्ने मुलनाराकासाथ सार्वजनिक,निजि,सहकारी सहयात्रा अभियान अन्तर्गतको कौंशलटार हनुमन्ते पुल,भक्तपुर कौंशलटार हनुमन्ते पुलदेखि बालकोट चोकसम्म शनिबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा वृक्षारोपण तथा सरसफाई अभियान एक समारोहकाबीच सम्पन्न भएको छ ।

वडाअध्यक्ष कमलनाथ आचार्यकानुसार उक्त समारोहमा प्रदेश सांसद ,नगर प्रमुख,उपप्रमुख ,वडाका जनप्रतिनिधि,व्यवसायी,नागरिक समाजका अगुवाहरु,महिला स्वास्थ्य स्वयंसेवक सेविकाहरु,पत्रकार,हनुमन्ते सरसफाई अभियन्ताहरु,विभिन्न स्थानमा संचालित अभियानका अभियन्ताहरु,नेपाल प्रहरी ,स्थानिय दाजुभाई तथा दिदिबहिनीहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित: समय: 23:47:03  420पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार