तामाङपेज संवाददाता ।
बहराइन । नेपाल आदिवासी जनजाती महासंघ बहराइनको आयोजनामा २५ औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार महासंघको मुल आयोजनामा तथा ६ वटा विभिन्न जातिय संस्थाहरुको सह-आयोजनामा विभिन्न जातिय मौंलिक पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरुको साथ सम्पन्न भएको छ ।
नेपाली दूतावास बहराईनका राजदुत पदम सुन्दासको प्रमुख आतिथ्यमा,नेपाली क्लब बहराइन अध्यक्ष कमल श्रेष्ठ, गैंर आवासीय नेपाली संघ समन्वय समिति बहराइन अध्यक्ष लक्ष्मी गिरी,वरिष्ठ समाजसेवीद्धय गमबहादुर गुरुङ,दुर्गा गिरी विशेष आतिथ्य तथा अतिथि गणहरुमा विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो ।
विश्व आदिवासी दिवसको अवसरमा प्रमुख अतिथि राजदुत सुन्दास,विशेष अतिथि ,अतिथि गणहरुले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ बहराइनसँग आवद्ध जातिय संस्था बहराइन तामाङ सेवा समाजका अध्यक्ष सोनम दोङ तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै उक्त समारोहमा सहयोगी दाता संघसंस्थाका प्रतिनिधिहरु,आमन्त्रित कलाकारहरु,संचारकर्मीहरु,आदिवासी जनजातिहरु,गैंर आदिवासी जनजातिहरुको सहभागिता रहेको कार्यक्रममा महासंघ बहराइनका महासचिव मिलन राईले संचालन गर्नु भएको जनाउनु भएको छ ।
सांस्कृतिक संयोजक कृष्ण खाम्चा मगरद्वारा संचालित दोश्रो चरणको सांगीतिक कार्यक्रम आदिवासी राष्ट्रिय गितबाट शुरु भइ राष्ट्रिय कलाकार तथा स्थानिय ६ वटा जातिय संस्थाहरुका कलाकारहरुद्वारा आ-आफ्नो मौलिक पहिचान झल्किने प्रस्तुतिहरु समेत राखेका थिए ।
सो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष झहरमान थेवेको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।