नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा २५ औं विश्व आदिवासी दिवसको सन्दर्भमा बहु-साँस्कृतिक कार्यक्रमको आयोजना


अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले शनिबार अमेरिकाको ज्याक्सन हाईटसको डाईभर्सिटी प्लाजामा २५ औं विश्व आदिवासी दिवसको अवसरमा अमेरिकामा रहेका आदिवासी जनजाति संघसंस्थाहरु,अन्य संघसंस्था गरि करिब डेढ दर्जन भन्दा बढी संस्थाहरुको सहभागितामा बहु-साँस्कृतिक कार्यक्रमको आयोजना गरेको महासंघमा आवद्ध तामाङ सोसाईटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योन्जनले बताउनु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रममा अमेरिकामा रहनु भएका जातिय संघसंस्थाहरु आ-आफ्नो जातजतिको पहिचान झल्किने भेषभुषासहित सहभागिता हुँदा बगैंचाको फुलबारी जस्तो नेपालीपन पहिचानमुलक सहभागिता देखिएको र नेपालबाट आउनु भएका भाषाविद अमृत योन्जन तामाङको पनि सहभागिता रहेको वरिष्ठ व्युटिसियन एवं महिला सामाजिक अभियन्ता निमा गोले तामाङले तामाङपेजसँग बताएकी छिन् । उक्त बहु-साँस्कृतिक कार्यक्रममा जातिय,राजनितिक ,विभिन्न संघसंस्थाका नेतृत्वहरु,कलाकार,व्यवसायी ,संचारकर्मी लगायतका महानुभावहरुको व्यापक सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

प्रकाशित: समय: 22:11:40  618पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार