तामाङपेज संवाददाता ।
ललितपुर । चापागाउँबाट शनिबार गोदावरी जंगल घुम्न जानेक्रममा तिन जनामध्ये एक जनाको लडेर मृत्यु भएको छ ।
महानगरीय प्रहरी प्रभाग ,बाँडेगाउँका ईन्चार्ज एवं प्रहरी निरिक्षक श्यामकुमार कटवालले तामाङपेजसँग कुराकानी गर्नुहुँदै शनिबार चापागाउँबाट गोदावरी जंगलमा मार्बल फ्याक्ट्रीबाट जंगल जानेक्रममा खोटाङ डुम्रेधारापानी घर भैं तिखेदेवलका १७ वर्षका सुवास सुनुवारको लडेर गोदावरी खोल्छामा मृत्यु भएको जनाएका छन् ।
प्रहरी निरिक्षक कटवालकानुसार मृतक सुनुवारसँगै गोदावरी जंगल घुम्न गएका उदयपुर घर भइ हाल सुनाकोठी बस्ने वर्ष १६ को अभिषेक माझी र भारत मोतिहारी घर भइ चापागाउँ बस्ने वर्ष १४ को राकेश बैंठा भने शनिबार जंगलमा नैं बसेर आज आईतबार बिहान मार्बल फ्याक्ट्रीमा आएर साथिको लडेर मृत्यु भएको जानकारी गराएपछि फ्याक्ट्रीका कर्मचारीले प्रहरीलाई खबर गरेर स्थलगत रुपमा गोदावरी मार्बल फ्याक्ट्रीबाट डेढ किलोमिटर टाढा रहेको खोल्छामा मृतक सुनुवारको लास भेटेको जनाए ।
महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरिक्षक श्यामकुमार कटवालले सुवास सुनुवारको चिप्लो ,अप्ठेरो बाटोकाकारण लडेर मृत्यु भएको प्रारम्भिक अनुमान गरेको जनाउँदै निज मृतक सुनुवारको लास पोष्टमार्टमको लागि पाटन अस्पताल पठाएको जानकारी गराएका छन् ।