तामाङपेज संवाददाता।
ललितपुर । महिला तथा बालबालिकाहरुको पहलमा गोदावरीखोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको २३ औं शृङ्खला आईतबार गोदावरीखोला टुपिखेल घाटमा सम्पन्न भएको अभियानकी संयोजक बेबी राजभण्डारी थापाले जनाएकी छिन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गोदावरी नगरपालिका -२ विशंखुनारायण वडा समितिका अध्यक्ष पुष्कर गिरी,गोदावरी-१ गोदामचौंरका युवा सामाजिक अभियन्ता सुरज खड्का ,वाग्मती सरसफाई अभियन्ताहरु दुर्गा प्रधान,चित्र सुनुवार,प्रयागमार्ग सरसफाई अभियान संयोजक शोभा अधिकारी,सामाजिक अभियन्ता श्यामसुन्दर तिमल्सिना ,गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ताहरु ,स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो ।
अभियानलाई सचेतना मात्र नभई गोदावरी खोलालाई नैं पुर्ण रुपमा सरसफाई बनाउने अभियानको साथमा अगाडि बढाउँदै अघि बढी यो अभियानको कार्यक्रम संचालन गोदावरीखोला क्षेत्र साप्ताहिक सरसफाई अभियन्ता विन्जु केसिले गरेकी थिईन।
अभियानका अभियन्ताहरुले नियमित रुपमा प्रत्येक आईतबार बिहान १० देखि ११ बजेसम्म साप्ताहिक एक घण्टा सरसफाई गरेर जम्मा गरिएको संकलित फोहोरको नेप्को नेपालले ब्यवस्थापन गर्दै आएको नेप्को नेपालकी कोषाध्यक्ष एवं व्यवस्थापक रीता नेपालले बताउनु भएको छ ।