बाँडेगाउँ प्रहरी,जनप्रतिनिधि र स्थानिय वासिन्दाको सक्रियतामा बडीखेलमा ब्यापक गाँजा फडानी


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी नगरपालिका वडा नं.४ बडीखेल,ठुलोखोला आसपासमा महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ,वडा कार्यालय ,जनप्रतिनिधि ,आमा समूह ,खेलाडी स्थानिय वासिन्दाहरुको सक्रियतामा करिब ६० जनाको सहभागितामा शनिबार बिहान ११ देखि १ बजेसम्म खोला आसपास ,केही वासिन्दाहरुको बारीमा उम्रेका गाँजाको व्यापक फडानी गरेको छ ।

गोदावरी -४ बडीखेलका वडाअध्यक्ष मुकुन्द पहरीले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं गाँजा फडानीमा महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरिक्षक श्यामकुमार कटवालको नेतृत्वमा खटिएको १३ जना प्रहरी ,वडा कार्यालय ,जनप्रतिनिधि ,खेलाडी ,आमा समुह लगायतको सक्रियतामा करिब ८ टन बराबरको गाँजा फडानी गरेको जनाएका छन् ।

युवा ,युवतीहरु,गाँजा सेवनमा लागि कुलतमा फसेकाले गाँजाको बोट बिरुवाको फडानीले पनि कुलतमा फस्न रोकथाम हुने स्थानिय बडीखेलका वासिन्दाहरुले जनाउनु भएको छ ।

प्रकाशित: समय: 21:49:15  457पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार