गजल

आजको कला साहित्यमा दिपेन बस्न्यातको एक मार्मिक गजल

मेरो देशमा भाले बास्दा सबै उठ्ने बेला हुन्छ

म आफू परदेशमा छु मेरो चाँहि सुत्ने बेला हुन्छ।

 

तिमी पनि त्यति खेर मीठो निन्द्रामा हुन्छेउ सायद

मेरो चाहिँ यहाँ खाना खाएर चुठ्ने बेला हुन्छ ।

 

उल्लु जस्तो जाग्नु पर्छ रात भरी यहाँ मलाई

आएका सपनालाई पनि बार्नु पर्ने हुन्छ।

 

सपना देख्छेउ होला मीठा मीठा तिमी त्यहाँ

मैले चाहिँ मेरा रहरहरु मार्नु पर्ने हुन्छ ।

 

रहर होला तिम्रा मीठै खाई राम्रै लगाउने 

त्यही सपना पूरा गर्न मेरा सपना सार्नु पर्ने हुन्छ।

 

तिम्रो सपना र चाहना किन्दा किन्दै मैले

मेरा सारा रहर चकनाचुर पार्नु पर्ने हुन्छ ।

              – दिपेन बस्न्यात हाल ( यु.ए.ई)

प्रकाशित: समय: 20:25:55  668पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार