काँग्रेस नेता बहादुरसिंह लामा सहितका टाेली निस्किए टाेखा छहरे सडक मर्मतमा


तामाङपेज संवाददाता,
नुवाकोट ।

नुवाकोटकाे सदरमुकाम विदुर त्रिशूली देखि काठमाडौ जाेड्ने टाेखा छहरे सडकखण्ड पछिल्लो समयमा जिर्ण भई सर्वसाधारण आवातजावतमा कठिनाइ भएको कारण नुवाकोटका काँग्रेस नेता बहादुर सिंह लामा सहित नुवाकोट काँग्रेस टोली सडक मर्मतको लागि बेल्चा, काेदाेलाे,पिक लगायतका सामग्रीहरु लिएर सडकमा उत्रिएका छन् ।
टाेखा छहरे सडक खण्ड निकै जिर्ण भएको र मर्मतका लागि सरकार समक्ष नेपाली काँग्रेसले पटकपटक आग्रह गरे पनि सरकारले वास्त नगरेपछि जनताको दु:ख हेर्न नसक्ने भन्दै सडक मर्मत अभियान सुरु गरेको सांसद लामाले बताए । अभियान सुरु गर्ने क्रममा काँग्रेस नेता डा. प्रकाशशरण महत ,संसाद बहादुर सिंह लामा, पूर्व नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति ध्रुव अधिकारी लगायतका व्यक्तित्वहरुकाे उपस्थितिमा शनिबार श्रमदान भएको थियो ।
जनताको दु:खमा टुलुटुलु हेरेर बस्ने, जनताको चाहना नबुझ्ने सरकारलाई याे अभियान चुनाैती हुने सांसद लामाले बताएका छन् ।

प्रकाशित: समय: 19:57:15  565पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार