सिङ्ल्हामा प्रथम ऐतिहासिक म्हेन्दाेमाया प्रतियोगिता हुने


तामाङपेज संवाददाता,
नुवाकोट।

म्हेन्दाेमाया कलाकार संघ नेपालकाे आयाेजनामा धादिङ र नुवाकोटकाे सिमाना पर्यटकिय स्थल सिङ्ल्हामा प्रथम ऐतिहासिक म्हेन्दाेमाया प्रतियोगिता २०७६ यही श्रावण ३० गते हुने भएको छ । लाेप हुँदै गैरहेकाे तामाङ माैलिक तथा लाेक भाकाहरुकाे जगेर्ना गर्दै पछिल्लो पुस्ताहरुले पनि चिन्न सकाेस र जगेर्ना गरिरहाेस भन्ने मूल उदेश्यका साथ यस प्रतियोगिता आयाेजना गरेको कुरा आयाेजक कमिटीले जानकारी दिएका हुन् ।
प्रतियोगितामा भाग लिन गीत तामाङ माैलिक तथा लाेक संस्कृति झल्काउने हुनुपर्ने छ । र आफ्नाे टिम दर्ता गराउँन रु एक हजार शुल्क तिरेर यही २९ गते सम्ममा दर्ता गर्न सकिनेछ

पुरस्कारको प्रथम राशि रु बीस हजार, द्धितिया राशि रु पन्ध्र हजार र तृतीया पुरस्कार राशि रु दस हजार रहेको कुरा आयाेजक कमिटीका अध्यक्ष राज किङ वाइबाले जानकारी दिए।

प्रकाशित: समय: 17:04:30  334पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार