पोखरास्थित पुम्दीमा वृक्षारोपण कार्यक्रम


तामाङपेज संवाददाता ।

कास्की । माटो रहे वन,वन रहे जीवन भन्ने मुल नाराकासाथ भू: तथा जलाधार कार्ययालय तनहुुँको   आयोजनामा श्री युवाज्योति आधारभुत विद्यालयको सहकार्यमा पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीमा भू : संरक्षण दिवसको अवसरमा विभिन्न जातका बोट बिरुवा रोपेर शुक्रबार वृक्षारोपण कार्यक्रम गरेका छन् ।

संचारकर्मी खिमा गुरुङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं भू: संरक्षण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा गण्डकी प्रदेश वन निर्देशनालयका वन निर्देशक प्रकाश लम्सालले बिरुवा रोपेर उक्त कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।सो कार्यक्रममा वडाअध्यक्ष मित्रलाल बराल,पुम्दीकोट टोल विकास संस्था अध्यक्ष चन्द्रकान्त बराल,डिभिजन वन अधिकृत रामकाजी श्रेष्ठ,भवानीप्रसाद बरालले बिरुवा रोपेर वृक्षारोपण कार्यक्रममा सरिक हुनुहुँदै बक्ताहरुले बिरुवा रोप्न सजिलो छ तर हुर्काउने पक्षलाई बढी प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए ।

भू: तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख अधिकृत दिवाकर बरालले स्वागत तथा सोही कार्यलयका अधिकृत श्यामसुन्दर अधिकारीले संचालन गर्नु भएको उक्त कार्यक्रम श्री युवाज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिराम बरालको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

 

 

 

प्रकाशित: समय: 16:47:51  833पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार