नेकपा ललितपुरद्वारा नवनियुक्त राखेप सदस्यसचिव सिलवाललाई बधाई तथा सम्मान कार्यक्रम


तामाङपेज संवाददाता ।

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ललितपुरले र ललितपुर क्षेत्र नं.३ का प्रतिनिधि सभाका सांसद एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रभावशाली नेतृ पम्फा भुषालको प्रमुख आतिथ्यमा राष्ट्रिय खेलकुद परिषदमा नवनियुक्त सदस्य-सचिव रमेशकुमार सिलवाललाई सातदोबाटोस्थित कार्यालयमा भब्य रुपमा फुलमाला,अबिरको टिका लगाएर बधाई तथा सम्मान कार्यक्रम शनिबार गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले तामाङपेजसँग कुराकानी गर्नुहुँदै  राखेप सचिव सिलवाललाई बधाई तथा सम्मान समारोहमा नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला ईन्चार्ज एवं केन्द्रीय सदस्य हरि दहाल ,केन्द्रीय सदस्य एवं पुर्व सांसद शुशिला नेपाल ,प्रदेश सांसदहरु चेतनाथ संजेल,माधव पौंडेल, ज्ञानेन्द्र शाक्य ,देवकी श्रेष्ठ ,जिल्ला कमिटिका सदस्यहरु लगायतका नेताहरुको सहभागिता रहेको जनाएका छन् ।

तस्बिर : पुरुषोत्तम आचार्य

 

 

प्रकाशित: समय: 15:58:01  671पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार