विष्णुमती सरसफाई अभियानको २५३ औं शृङ्खला सम्पन्न ,सरसफाईको साथमा सचेतना कार्यक्रम गरेको संयोजक शोभाकान्त पाण्डेयको भनाई


तामाङपेज संवाददाता ।

काठमाडौं ।  विष्णुमती सरसफाई अभियानको २५३ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।अभियानका संयोजक शोभाकान्त पाण्डेयले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं शनिबारको अभियान टोखा नगरपालिका वडा नं.११ गणेशस्थानदेखि बानियाँटार पुलसम्म सरसफाई तथा सचेतना कार्यक्रम गरेको जनाएका छन् ।

अभियानका संयोजक पाण्डेयले वडाअध्यक्ष उत्तम अधिकारी,वडासदस्य तारा कँडेल ,नेपाली सेना महिन्द्रा दल गण,नेपाल प्रहरी,उन्नत महिला समूह,महादेवफेदी समूह ,नागरिक सचेतना समूह ,बैकुण्ठ आमा समूह ,ईन्द्रपुरी उपभोक्ता समिति,निम्बल स्कुलका शिक्षक,शिक्षिका,विद्यार्थीहरु ,सरसफाई अभियन्ताहरु,स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको सहभागिता रहेको जनाउनु भएको छ ।

वडाअध्यक्ष उत्तम अधिकारीले हरेक पसल ,घरधनीले घरको कम्पाउण्ड आसपास सफा सुग्घर राख्नुपर्ने,प्रत्येक घरमा कम्पोष्ट डस्वीन अनिबार्य राख्नुपर्ने सो डस्वीनको ३३% घरधनीले र ७७ % वडा नगरपालिका कार्यालयले रकम बेहोर्ने ,सडकपेटीमा पसलको सामानहरु राख्न नपाईने भन्दै वडावासीलाई वडाअध्यक्षले सचेत गराउनु भएको समेत विष्णुमती सरसफाई अभियानका संयोजक शोभाकान्त पाण्डेयले बताएका छन् ।

 

 

 

प्रकाशित: समय: 15:16:17  581पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार