पोखरा उपत्यका बृहत् सफाई अभियानको १६७ औं शृङ्खला सम्पन्न ,आजदेखि कुमारी बैंक लिमिटेडको पनि सहभागिता


तामाङपेज संवाददाता ।

कास्की । पोखरा उपत्यका बृहत् सफाई अभियानको १६७ औं शृङ्खला शनिबार पोखराको ड्यामसाईडस्थित फेवाताल किनारमा भएको छ ।

अभियानका संयोजक रामबहादुर भण्डारीकानुसार फिस्टेक एकेडेमीको विशेष सकृयतामा सरसफाई अभियन्ताहरु,स्थानिय क्लब संघसंस्थाहरुका प्रतिनिधिहरु,स्थानिय वासिन्दाहरु,नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल ,मुक्तिनाथ विकास बैंक ,ओम डेभलपमेन्ट बैंक,गण्डकी विकास बैंक र सरोकारवाला दाजुभाई तथा दिदिबहिनीहरुको सहभागितामा भब्य रुपमा सम्पन्न भएको जनाएका छन् ।

पोखरा सफाई अभियानमा आजदेखि नैं नियमित रुपमा साताको एक दिन प्रत्येक शनिबार अभियानमा निरन्तर सहभागी हुने गरी कुमारी बैंक लिमिटेडले पनि उपस्थिति जनाएको संयोजक पौंडेलले बताउनु भएको छ ।

 

प्रकाशित: समय: 12:39:18  647पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार