तामाङपेज संवाददाता ।
ललितपुर । अबिरल वर्षातले बाढीपहिरोका कारण कोन्ज्योसोम गाउँपालिका वडा नं. शंखु भकारीडाँडा हुँदै इकुडोलसम्म संचालन हुँदै आएको यातयात अवरुद्ध करिब एक महिनापछि शुक्रबार बेलुकादेखि संचालन भएको वाग्मती -५ इकुडोलका वडाध्यक्ष साजन दर्लामी मगरले बताएका छन् ।
तामाङपेजसँग कुराकानी गर्ने क्रममा वडाअध्यक्ष दर्लामीले इकुडोलको माझखण्ड जाने मोटरबाटो र वडाका अन्य शाखाको अवरुद्ध मोटरबाटो खुलाउने काम क्रमश भइ रहेको जनाउनु भएको छ ।
तस्बिर : श्याम गौंतम ।