जनकपुरमा साप्ताहिक सरसफाई अभियानको ३४ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

धनुषा । महिला एवं बालबालिकाहरुको पहलमा जनकपुर साप्ताहिक सरसफाई अभियानका अभियन्ता रुबीकुमारी झा र सरसफाई युवा अभियन्ता दीपककुमार चौंधरीको संयुक्त अगुवाईमा गरिएको जनकपुर सरसफाई साप्ताहिक अभियानको ३४ औं शृङ्खला शनिबार भब्य समारोहकाबीच सरसफाईका साथ गरिएको छ ।

सरसफाई अभियानका अभियन्ता एवं प्रबक्ता बिपिन झाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै जनकपुरबाट जनकपुर सरसफाई साप्ताहिक अभियान जनकपुरको रेलवे स्टेसन वरिपरि  र वकिलटोलसम्म गरेको उक्त अभियानमा हेल्प मधेसी धनुषा अध्यक्ष सत्रुधन शाह,सरसफाई अभियन्ताहरु दिवाकर झा,मोति झा,सुदीप मण्डल,अमित झा,अजय झा,पप्पु यादव,अमित मण्डल,रामदुलार शाह र बाल अभियन्ताहरु प्रेम गुप्ता,चन्दन ठाकुर,पुष्पेन्द्र यादव,निरंजन यादव,दक्ष झा लगायत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको व्यापक सहभागिता रहेको जनाएका छन् ।

 

 

 

प्रकाशित: समय: 11:42:24  549पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार