एन.आर.एन.ए. दक्षिण कोरियाको सातौं अधिबेशन सेप्टेम्बर २१ र २२ तारिखमा हुँदै, उपाध्यक्ष पदमा सोमबहादुर तामाङको उम्मेदवारी घोषणा


श्याम तामाङ,तामाङपेज,काठमाडौं ।

दक्षिण कोरिया । गैंर आवासिय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौं अधिबेशन आउँदो सेप्टेम्बर २१ र २२ तारिखमा हुने भएको छ ।

विगत १२ वर्षदेखि दक्षिण कोरियामा कार्यरत सोमबहादुर वाईबा तामाङले पनि एन.आर.एन.ए.दक्षिण कोरियाको नयाँ नेतृत्वको लागि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै तामाङले स्वच्छ,पारदर्शी र संस्थागत विकासको लागि आफुले उम्मेदवारी घोषणा गरेकोले दक्षिण कोरियामा रहनुहुने गैंर आवासिय नेपाली संघ ,दक्षिण कोरियामा आवद्ध सदस्यहरुले अमुल्य मत दिनु भएर विजयी गराउन अनुरोध समेत गर्नु भएको छ।

नुवाकोट,मेघाङ-३ देउराली, दोलेपमा जन्मनु भएका सोमबहादुर वाईबा तामाङ,दक्षिण कोरियामा विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध रहनु  भएर योगदान दिदैं सामाजिक अभियन्ताको रुपमा उभ्याउन सफल भएका छन् ।

एनआरएनए दक्षिण कोरियाको सातौं अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका सोमबहादुर वाईबा तामाङ ,तामाङ संघ दक्षिण कोरियाको संरक्षक,नुवाकोट समाज दक्षिण कोरियाको निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ,नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारीमा रहनु भएको छ ।

गैंर आवासिय नेपाली संघ दक्षिण कोरियाको सातौं अधिवेशनको उम्मेदवारी दर्ता सेप्टेम्बर २१  र अधिवेशन भब्य रुपमा  सेप्टेम्बर २२ तारिखमा हुने उक्त अधिबेशनमा एन.आर.एन.ए.दक्षिण कोरियामा आवद्ध करिब,करिब २ हजार ५ सय जना नेपाली सदस्यहरुले नयाँ नेतृत्व चयन गर्न मतदान गर्न पाउने छन् ।

 

प्रकाशित: समय: 10:20:05  590पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार