पोखरामा २५ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । पहिचान सहितको संघियता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मुल नाराकासाथ २५ औं विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा समानुपातिक समावेशिताको लागि हाम्रो साझा आन्दोलन भन्ने विषयमा पोखरामा नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार महासंघका केन्द्रीय उपाध्यक्ष गणेश थकालीको प्रमुख आतिथ्यमा, समालोचक एवं लेखक खगेन्द्र संग्रौलाको विशेष आतिथ्यमा एक कार्यक्रमको आयोजना गरेको छ ।

वक्ता र सहभागी सरोकारवालावीच दोहोरो सवाल जवाफ भएको उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश ईन्चार्ज हुम गुरुङ,तमु ह्युल छोज धिं(गुरुङ राष्ट्रिय परिषद् ) कोषाध्यक्ष सु.ईन्द्रबहादुर गुरुङ,ङ्योई तमुधिं कास्की अध्यक्ष मनबहादुर गुरुङ,नेपाल मगर संघ कास्की अध्यक्ष संगिता पुनमगर,दुरा समाज कास्की अध्यक्ष लालजंग दुरा,विभिन्न राजनितिक दलहरुमध्ये समाजवादी पार्टी कास्की अध्यक्ष हेमबहादुर थापा,नेपाल आदिवासी जनजाति महिला महासंघ कास्की अध्यक्ष राजकुमारी भुजेल,दलितहरुको तर्फबाट लालबहादुर परियार,नेपाल आदिवासि जनजाति विद्यार्थी महासंघ कास्की अध्यक्ष सुमन तामाङ,नेपाल महिला मगर संघ कास्की अध्यक्ष नुनु रानामगर लगायतले आदिवासी जनजातिको विगतको समिक्षा ,आदिवासी जनजातिको मुद्धाहरुको बारेमा व्यापक छलफल गरि उपलब्धीको रक्षा,उठेका समस्याको समाधान ,हक अधिकार प्राप्तिको लागि थप आन्दोलन र आरक्षणको लागि विशेष कार्यक्रम गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिनु भएको संचारकर्मी खिमा गुरुङले जानकारी दिएकी छिन् ।

 

उक्त कार्यक्रममा स्वागत मन्तब्य नेपाल आदिवासी जनजाति महासंघ कास्कीका उपाध्यक्ष हरिमान थिङ तामाङ र कार्यक्रमको संचालन सचिव बमबहादुर छन्त्यालले गर्नु भएको थियो।

पोखरामा रहेका विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरु,सरोकारवालाहरुको व्यापक सहभागिता रहेको उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

तस्बिर : मानबहादुर गुरुङ

 

 

 

प्रकाशित: समय: 8:54:44  531पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार