चौंघरे र शंखुका एकल महिलालाई सोलार वितरण


तामाङपेज संवाददाता ।

ललितपुर । सौर्य उर्जा प्रविधि जडान अन्तर्गत कोन्ज्योसोम गाउँपालिका वडा नं.१ र २ वडा चौंघरे र शंखुका एक सय जना एकल महिलाहरुलाई कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान,उपाध्यक्ष मिङमा लामा लगायतले शुक्रबार चौंघरेमा सोलार वितरण गर्नु भएको छ ।

 

स्थानीय सामाजिक अभियन्ता एल.कुमार तामाङकानुसार उक्त सोलार वितरण कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमबहादुर महत ,कोन्ज्योसोम गाउँपालिका वडा नं.१ ,२ का वडाअध्यक्षहरु चौंघरेका सन्तलाल लामा,शंखुका वडाअध्यक्ष ध्रुब घिमिरे,कर्मचारीहरु,स्थानिय दाजुभाई तथा दिदिबहिनीहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित: समय: 0:40:14  518पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार