महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानको १९ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । हाम्रो रहर ,सफा र सुन्दर शहर भन्ने मुल नाराकासाथ महेन्द्रपुल बजार सफाई तथा सचेतना कार्यक्रम शुक्रबार महेन्द्रपुल बजार सफाई तथा सचेतनाको १९ औं शृङ्खला पुुुुरा भएको छ ।

प्रत्येक शुक्रबार अपरान्ह एक घण्टा साताको शुक्रबार संचालन हुँदै आएको अभियानमा पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौंडेल,पोखरा महानगरपालिका वडा .९ का वडासचिव लोकदर्शन कोईराला,महेन्द्रपुल तायामचा नृत्य प्रतियोगिता अध्यक्ष मानकाजी माकाजु,इन्नर व्हेल क्लब अफ पोखरा अध्यक्ष रेखा मर्सानी लगायतका व्यक्तित्वहरु ,सरसफाई अभियन्ताहरु,स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको सहभागितामा महेन्द्रपुल बजार सफाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको सरसफाई अभियन्ता ईन्द्रकमल मानन्धरले तामाङपेजसँगको कुराकानीमा बताएकी छिन् ।

प्रकाशित: समय: 23:56:25  520पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार