शंखुका २१ घरधुरी कृषकलाई पशुको औषधि तथा भिटामिन वितरण


तामाङपेज संवाददाता ।

ललितपुर । जिल्ला पशु विज्ञ केन्द्र ललितपुरको सहयोगमा नमुना गाउँ महिला दुुुुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा कोन्ज्योसोम-२,शंखुमा वडाअध्यक्ष ध्रुब घिमिरे र कोन्ज्योसोम गाउँपालिका पशु अधिकृत डा.सुरज गुरुङको विशेष आतिथ्यमा भैसीपालक शंखुका २१ घरधुरी कृषकहरुलाई पशुको औषधि,भिटामिन र मिनरलस पशु बाँजोपन निवारण हुने खालका औंषधी शुक्रबार वितरण गरेका छन् ।

उक्त कार्यक्रममा पशुपालक कृषकहरु,कोन्ज्योसोम गाउँपालिका पशु प्राविधिक दीपेन्द्र सुवेदी,संस्थाका व्यवस्थापक अमृत संजेल लगायतका महानुभावहरुको सहभागिता रहेको नमुना गाउँ महिला दुग्ध उत्पादक सहकारी संस्थाकी अध्यक्ष कविता बजगाईले बताएकी छिन् ।

प्रकाशित: समय: 22:40:26  614पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार