जनकपुर सरसफाई अभियानको ३४ औं शृङ्खला भोलि हुँदैं


तामाङपेज संवाददाता ।

धनुषा । महिला एवं बालबालिकाको पहलमा प्रत्येक शनिबार बिहान ७ देखि ८ बजेसम्म नियमित एक घण्टा गर्दै आईरहेको जनकपुर सरसफाई अभियानको ३४ औं शृङ्खला जनकपुरको रेलवे स्टेसन ,रेलवे ट्रैंकमा भोलि शनिबार हुने भएको छ ।

उक्त अभियान सहभागिताको लागि जनकपुर सरसफाई अभियानका मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झा र युवा सरसफाई अभियन्ता दीपककुमार चौधरीले नियमित सरसफाई अभियन्ताहरु,नेपाल प्रहरी,स्थानिय वासिन्दा एवं सरोकारवाला दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितको लागि अनुरोध सहित निमन्त्रणा गरेका छन् ।

जनकपुर सरसफाई अभियानकी मुख्य अभियन्ता एवं संयोजक रुबीकुमारी झाले सरसफाई अभियान सम्पन्न पश्चात् गरिब,विपन्न,असहाय व्यक्तिको लागि कपडाको क्लोथ स्टल राख्ने समेत जनाएकी छिन् ।

प्रकाशित: समय: 22:07:46  508पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार