बौंद्धमा “लाखे नाँच जात्रा “शुरु, कृष्ण अष्टमीमा समापन हुने


तामाङपेज संवाददाता ।

काठमाडौं । ऎतिहासिक धार्मिक,साँस्कृतिक पहिचान बोकेको बौंद्धको स्थानिय नाँच र जात्राको रुपमा प्राचीन कालदेखि मनाउदै आएको “लाखे नाँच जात्रा” नागपन्चमीको दिनदेखि शुरु भएको छ ।

श्री बौंद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा,कार्यकारी निर्देशक बसन्तकुमार लो लामा लगायतले बौंद्धनाथ परिसरमा रहेको अजिमाथानमा पुजापाठ गरेर लाखे नाँच जात्राको शुरुवात गरिएको सञ्चारकर्मी चन्द्रजीत मोक्तान तामाङले तामाङपेजसँग कुराकानीको क्रममा बताए ।

यो लाखे नाँच जात्रा नागपन्चमीदेखि शुरु भएर कृष्ण अष्टमीका दिन घर- घरमा लाखे नृत्य गरेर बौंद्धमा समापन हुने जनाएको छ ।

प्रकाशित: समय: 12:14:45  626पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार