तामाङपेज संवाददाता ।
कास्की । पोखरा उपत्यका बृहत् सफाई अभियानको १६७ औं शृङ्खला भोलि शनिबार पोखराको फेेेेवाताल ड्यामसाईडमा हुने भएको छ ।
बिहिबार पुर्व तयारी बैठक फिस्टेल एकेडेमीका संस्थापक निर्देशक चिनु रानाभाटको सभाअध्यक्षतामा सम्पन्न बैठकले शनिबार हुने पोखरा उपत्यका बृहत् सफाई अभियान कार्यक्रम पर्यटन बोर्डको कार्यालयमा जम्मा भएर ड्यामसाईड हुँदै पार्दीमा रहेको फिस्टेल एकेडेमीमा समापन हुने संचारकर्मी खिमा गुरुङले बताएकी छिन् ।
सो अभियानमा सदाको साता झैं उत्साहजनक सहभागी हुन पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौंडेलले सरोकारवालाहरु सबैमा अनुरोध गर्नु भएको छ ।