गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवि पुनबाट संग्रहालयको चौंथौ ग्यालरी उदघाटन


तामाङपेज संवाददाता ।

कास्की । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय,गण्डकी प्रदेश,संग्रहालय पोखराको चौंथो ग्यालरीको बिहिबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्री एवं प्रमुख अतिथि नरदेवि पुनले रिबन काटेर एक भब्य समारोहकाबीच समुदघाटन गर्नु भएको छ ।

संचारकर्मी खिमा गुरुङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं पोखराको नयाँबजारस्थित साविकको क्षेत्रीय संग्रहालय भित्र तमु(गुरुङ)जातिको पहिचान झल्किने तमु खेगीहरु,पच्यु,क्ल्हेप्री,बोन्पो लामाको मुर्तरुप,परम्परागत हातहतियारहरु,नापतौलका सामानहरु ,बाजागाजाहरु,भेषभुषा आदिको संग्रह रहेको बताएकी छिन् ।

उक्त समारोहमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिर्घनारायण पौंडेलले संग्रहालयको विकास ,विस्तारको लागि रु.१ करोड रकम विनियोजित गरेको जनाए ।

सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.९ का वडाअध्यक्ष रामराजा लामिछाने,अन्तर्राष्ट्रिय परेका संग्रहालयका प्रबन्ध निर्देशक शंकरबहादुर गौतमले संग्रहालयको महत्व,संरक्षण ,सम्बर्द्धनका बारेमा बिचार प्रकट गरेका थिए ।

कार्यक्रममा विशिष्ट व्यक्तित्वहरु,सरोकारवाला महानुभावहरुको सहभागिता रहेको कार्यक्रम संग्रहालयका प्रमुख करुणा राईको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्बिर : महेन्द्र गुरुङ

प्रकाशित: समय: 22:33:49  735पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार