सुबिसु केबलनेट बालुवाटारमा भिषण आगलागी,अरबौंको क्षति


तामाङपेज संवाददाता ।

काठमाडौं । नेपालको एक अग्रणी इन्टरनेट,एटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटवरको बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधबार भिषण आगलागी हुँदा मानविय कुनै अप्रिय क्षति नभएपनि अरबौंको धनमाल,सम्पत्तिमाथी भौतिक क्षति भएको जनाएको छ ।

आगलागी हुँदा अरबौं पर्ने इन्टरनेटको मुख्य सर्भर तथा स्याटेलाईट उपकरणहरु जलेर नष्ट भएका थिए।

आगलागी नियन्त्रण गर्न जुद्ध वारुण यन्त्र,नेपाल प्रहरी,ट्राफिक प्रहरी,सशस्त्र प्रहरी बल,नेपाली सेना,रेस्कु टोलि,काठमाडौं महानगरको वारुण यन्त्र परिचालित भएर आगलागी नियन्त्रण गर्न पुर्याएको योगदानप्रती प्रेस विज्ञप्तिमार्फत बिहिबार धन्यबाद ब्यक्त गरेका छन् ।

आगलागीका कारण सेवा संचालनमा केही दिन समस्या भएपनि थापाथलीस्थित सुबिसुको वैकल्पिक डाटा सेन्टरबाट सेवा प्रारम्भ भएको जनाएको छ। आगलागी के कारणले भएको हो सो बारे नेपाल प्रहरीले थप अनुसन्धान गरि रहेको जनाएको छ।

प्रकाशित: समय: 20:39:55  667पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार