नीतिगत खबरदारी अभियान श्रावण २५ गते मंगलबजारमा हुँदैं


तामाङपेज संवाददाता ।

ललितपुर । ऎतिहासिक ढुंङ्गेधारा तथा पोखरी संघ,सेभ नेपा: भ्याली र उपत्यका खानेपानी पीडित दबाब समुहको आयोजनामा अबको विकासको प्रकृति ,पर्यावरण र सांस्कृतिक मैत्री,ऎतिहासिक ढुंङ्गेधारा,पोखरी मासिने क्रमसँगैको खानेपानी समस्या,सम्पदा ,गुठी र सांस्कृतिक धरोहर अतिक्रमण हुँदै गएकोमा जनजागरणसहित”नीतिगत खबरदारी अभियान” हुने भएको  छ।

आउँदो श्रावण २५ गते शनिबार अपरान्ह ४ बजे पाटन दरबार क्षेत्र मंगलबजार,महारानी पुखु पोखरी अगाडी हुने उक्त अभियानमा सहभागिताको लागि आयोजक संस्थाहरुले संयुक्त रुपमा सरोकारवाला दाजुभाई तथा दिदिबहिनीहरुमा अनुरोध गर्दै निमन्त्रणा गरेका छन् ।

 

प्रकाशित: समय: 19:53:11  547पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार