नेपाली एकता मंच बेल्जियमद्वारा कानुन मन्त्री ढकाललाई भब्य स्वागत


तामाङपेज संवाददाता ।

बेल्जियम ।  नेपाली एकता मंच बेल्जियमले कानुन ,न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाललाई बेल्जियममा बिहिबार भब्य स्वागत गरेको छ ।

मन्त्री ढकाललाई गरिएको स्वागत कार्यक्रममा बेनेलक्स राजदुत लोकबहादुर थापा,एन.आर. एन.आई.सि.सि.बद्री केसि,एन.आर.एन.युरोप संयोजक शिव बरुवाल,प्रवासी मंच युरोप संयोजक पुष्पराज तिमल्सिना,पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राई,प्रवासी नेपाली मंच फ्रान्स अध्यक्ष लोकप्रसाद दहाल,व्यवसायी संघ ,बेल्जियम अध्यक्ष यामु निरौंला ,बेल्जियममा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरु,बेल्जियममा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले बधाई सहित स्वागत गरेका थिए ।

उक्त स्वागत कार्यक्रमको संचालन जीत लामा,स्वागत मन्तब्य नारायण अधिकारी र कार्यक्रम वोधराज पौंडेलको सभाअध्यक्षतामा सम्पन्न भएको थियो।

 

प्रकाशित: समय: 12:44:27  492पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार